Sunday, October 18, 2026
Home समाचार उपत्यकामा जारी निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के गर्न पाइदैँन

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के गर्न पाइदैँन

208
सांकेतिक तस्विर

भदौ १७,
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो । साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कामको सूची समेत एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको । उता, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।