रातो हैन हरिया खसी, बोका, भेंडा, च्याङ्ग्रा किनौं

429

कार्तिक २,
काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आएरनआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भएरनभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।