Saturday, July 25, 2026
Home Blog Page 1051
पुस २०, काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् । प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन...
पुस २०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहने छ ।आगामी तीन दिनको मौसम पूर्वानुमानपुस २० गते (सोमबार)दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ । डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा...
पुस १९, काठमाडौँ । नेपाल नगरपालिका कर्मचारी एशोशियनले कर्मचारी समायोजन ऐन संशोधन गरी कर्मचारीको बृत्ति विकिास तथा बिगतका सम्झौता कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आइतवार एशोसियनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहमा कार्यरत साविक स्थानीय निकायका कर्मचारीको बृत्ति विकास गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बिगतमा स्थानीय निकायमा जनप्रतिनिधि...
हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् । प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक...
पुस १९, हुम्ला । हुम्लामा आज दिउँसदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि...
पुस १९, काठमाडौं । नायिका ऋचा शर्माले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले, चलचित्र ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छिन् । केदार भुषाल निर्माता रहने चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्दैछन् । यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठको कार्यकारी...
पुस १९, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो...
अन्नपूर्ण पोष्ट दैनिक पुस १९, काठमाडौं । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदैछ। केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ। यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन...
कान्तिपुर दैनिक- सरकारका कामकारबाहीविरुद्ध गम्भिर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका करिब आधा दर्जन निवेदनमाथि सर्वोच्च अदालतले प्राथमिकता नदिने र ‘हेर्न नभ्याउने’ भन्ने झिनो प्राविधिक कारण देखाएर सुनुवाई पछि धकेल्ने शैली अपनाएकोपुस १९, काठमाडौँ — सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि...