Saturday, July 25, 2026
Home Blog Page 1052
पुस १८, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले...
पुस १८, बारा । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी...
काठमाडौं । धादिङ धुनिबेशी–५ का मनोज राई सालकको खपटा बोकेर काठमाडौं आउँदै थिए । काठमाडौंमा उनलाई ‘विशेष ग्राहक’कुरिरहेका थिए । बा.३ख ६१३८ नम्बरको बसमा आएका १९ वर्षीय राईलाई पुस १५ मा नागढुंगाबाट खटिएको प्रहरीले पक्रियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले मनोजको झोलामा एकथान सालकको खपटा भेट्टायो ।मनोजको बयानको आधारमा प्रतिबन्धित सालकको खपटा किन्न खोज्ने नुवाकोटका सूर्य तामाङ र...
पुस १८, काठमाडौं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको...
पुस १६, काठमाडौं । कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइने परेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । त्यसको पाँच दिनपछि १० पुसमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्...
पुस १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधारिदा केहि कम्पनीहरु भने घटेका पनि छन् । नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ...
विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन...
पुस १६, काठमाडौं । सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् । भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्थे । रि–प्याकिङ गर्दा उनले...
ललितपुर । सोलुखुम्बु स्थायी घर भएका तम्बरप्रसाद निरौला (बोलाउने नाम ठूलो–कान्छो) ललितपुरको हरिसिद्धीबाट हराएका छन् । परिवारका अनुसार सुस्त–मनस्थितीका ३६ वर्षीय निरौला मङ्गलबार दिउँसो तीन बजे हराएका हुन् । नीलो ज्याकेट, नीलो टाउजर, म्याजिक चप्पल र कालो क्याप लगाएका उनको देब्रे आँखामा फुलो परेको छ । टेडो–टेडो हेर्ने तम्बरप्रसादले प्रष्ट बोल्न नसक्ने उनकी आमा पवित्रा निरौलाले बताइन् ।...
पुस १६, भक्तपुर । सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत...