नगरपालिका कर्मचारी एशोसियनद्वारा मन्त्री ठगुन्नाको ध्यानाकर्षण

104

पुस १९,
काठमाडौँ । नेपाल नगरपालिका कर्मचारी एशोशियनले कर्मचारी समायोजन ऐन संशोधन गरी कर्मचारीको बृत्ति विकिास तथा बिगतका सम्झौता कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आइतवार एशोसियनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहमा कार्यरत साविक स्थानीय निकायका कर्मचारीको बृत्ति विकास गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बिगतमा स्थानीय निकायमा जनप्रतिनिधि बिहिन हुँदा समेत विभिन्न समयमा आइपरेको अप्ठ्यारोको सामाना गरी स्थानीय निकायलाई चलाएमान गर्ने काममा महत्वपूर्ण योगदान गरेकाले आफूहरुको माग सम्बोधन गर्न मन्त्री समक्ष ज्ञापन पत्र प्रदान गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसियनले जनाएको छ ।

सरकारले कर्मचारी समायोजन गर्ने क्रममा निजामति कर्मचारीलाई स्थानीय तहमा समायोन गर्दा एक तह बृद्धि गरी पठाएको तर साविक स्थानीय निकायका कर्मचारीलाई समायोजनका नाममा पत्र थमाउँदै विभेदकारी रुपमा पदीय असमानता मान मर्दन र समायोजन गरिएको प्रति एशोसियनले आपत्ति जनाएको हो । अब सरकारले कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय निकायमा स्थायी नियुक्ती भएका आत्म सम्मान पूर्वक स्थानीय सरकार प्रति जिम्मेवारी भइ काम गर्ने अवसर सिर्जना गर्ने वातावरण सिर्जना गर्न मन्त्रीको ध्यानाकर्षण गराइएको छ । मन्त्रालय र स्थानीय तहका ट्रेड युनियनहरुसँग कर्मचारी स्थायित्व राष्ट्रिय किताब खानामा स्थानीय तहका कर्मचारीको अभिलेखिकरण, स्थानीय तहका रिक्त दरबन्दीमा विना शर्त अन्तर स्थानीय तहमा सरूवा लगायतका विषयमा गरिएका सम्झौताका कार्यान्वयनका लागि अनुरोध गरिएको छ ।

कर्मचारी समायोजन ऐनको दफाको दफा ६ ‘क’ मा थप गर्नुपर्नेमा सहायक स्तर चौथो कर्मचारीका लागि पाँच वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई सहायक स्तर चौथो तह नै कायम गरी खाइपाइ आएको दुई ग्रेड थप गर्ने, पाँच वर्ष वा पाँच वर्ष भन्दा बढि सेवा अवधि भएका कर्मचारीलाई सहायक स्त्तर पाँचौ कायम गर्ने, सहायक स्तर पाँचौ तहका कर्मचारीलाई पाँच वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई खाइपाइ आएकोमा थप दुई ग्रेड थप गर्ने, पाँच वर्ष वा पाँच वर्ष भन्दा बढि सेवा अविधि पूरा गरेको र सहायक स्त्तर पाँचौ तहमा सेवा प्रवेश गर्दाको बखत तोकिएको न्यूनत्तम शैक्षिक योग्यता हासिल गरेका कर्मचारीलाई अधिकृत स्त्तर छैठौं कायम गर्ने, पाँच वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई अधिकृतस्तर सातौं, पाँच वा पाँच वर्ष भन्दा बढि सेवा अवधि पूरा गरेको र अधिकृतस्तर छैठौं तहमा प्रवेश गर्दाको बखत तोकिएको न्यूनत्तम शैक्षिक योग्यता हासिल गरेका कर्मचारीलाई अधिकृत स्त्तर आठौं तह कायम गर्ने, पाँच वर्ष भन्दा कम सेवा अवधि भएका सातौ तहका कर्मचारीलाई अधिकृत स्तर आठौं, पाँच वर्ष भन्दा बढि सेवा अवधि पूरा गरेको र अधिकृतस्तर छैठौं तहमा सेवा प्रवेश गर्दाको बखत तोकिएको न्यूनत्तम शैक्षिक योग्यता हासिल गरेको अधिकृत स्तर नबौं तह बनाउनुपर्ने नेपाल नगरपालिका कर्मचारी एशोसियन केन्द्रिय समितिले मन्त्री ठगुन्नलाई प्रदान गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै अधिकृत स्तर आठौं तहका कर्मचारीका लागि पाँच वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई अधिकृत स्तर नबौ र पाँच वर्ष वा पाँच वर्ष भन्दा बढि सेवा अवधि पूरा गरेको र अधिकृत स्तर छैठौ तहमा सेवा प्रवेश गर्दाको बखत तोकिएको न्यूनत्तम शैक्षिक योग्यता हासिल गरेको कर्मचारीलाई अधिकृत स्तर दशौं तह कायम गर्नुपर्ने र अधिकृत स्तर नबौं तहका कर्मचारीलाई पाँच वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई अधिकृत स्तर दशौं र पाँच वा पाँच वर्ष भन्दा बढि सेवा अवधि पूरा गरेका र स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेको अधिकृत स्त्तर एघारौं तह बनाउन माग गरिएको छ ।

त्यस्तै सहायक स्त्तर पहिलो तहमा रहेका सबै स्तरका कर्मचारीलाई थप दुई ग्रेड सुविधा थप गर्ने, सहायक स्त्तर दोस्रो र तेस्रो तहमा कार्यरत कर्मचारीलाई तीन वर्ष स्थायी सेवा अवधि पूरा भएकोमा स्वत एक तह बृद्धि गर्नुपर्ने यो दफा बमोजिम गरिने स्तरबृद्धिका लागि आवश्यक स्थायी सेवा अवधि ऐनको दफा लागू हुँदाको बखत पूरा भएको हुनुपर्ने छ र स्त्तर बृद्धि गर्नुपर्ने काम तीन महिना भित्रमा गर्न समेत एशोसियशनले मन्त्रीको ध्यानाकर्षण गराएको छ ।