Friday, July 24, 2026
Home Blog Page 1044
काठमाडौं । प्रहरीले उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी...
माघ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै...
माघ ७, काठमाडौं । यर बजार परिसूचक (नेप्से) लगातार १० दिनदेखि बढिरहेको छ । पुस २१ देखि बजार परिसूचक निरन्तर बढ्दै आएको हो । बुधबार नेप्से परिसूचक १५.८७ अंकले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । यो दिन बजारमा १ करोड ५९ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब २१ करोडको...
माघ ७, भक्तपुर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव निकट राष्ट्रिय युवा संघको भक्तपुरले मोटरसाइकल र्याली आयोजना गरेको छ । मोटरसाइकल र्याली सल्लघारीबाट सुरु भएको भक्तपुरको विभिन्न स्थानको परिक्रमा गरेको युवा संघका नेता दिपक थापाले जानकारी दिएका छन् । माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको छ । जनप्रदर्शनको तयारीस्वरुप नेदवावस्वरुप मोटरसाइकल...
माघ ६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केपी शर्मा ओली पक्षद्धारा बागमती प्रदेश कमिटीको अध्यक्ष नारायण दाहाललाई कारवाही गरेको जानकारी दिइएको छ । भक्तपुरमा बागमती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारी अनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए । त्यसैगरि ओली पक्ष नेकपाको जिल्ला अध्यक्षहरुमा चयन भएकामा क्रमश...
माघ ६, काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स जनवरी १९मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने...
काठमाडौं । चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे । चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘हिमानी’...
माघ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ...
माघ ६, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए। त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्। डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय...
माघ ६, रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिएका हुन् । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा छलफल गर्ने चलन रहेको...