विश्व संस्कृत दिवस कार्यपरिषद् गठन

306

माघ १०,
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी)को दिनमा मनाइने विश्व संस्कृत दिवसलाई राष्ट्रिय तथा वैश्विक मान्यताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस कार्यपरिषद् गठन गरेको छ । कार्यपरिषद्मा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत विद्वानहरूका साथै स्वतन्त्र अध्येताहरू रहेका छन् । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं. २०७५ देखि नेपाल तथा विश्वका विभिन्न देशहरूमा विश्व संस्कृत दिवस मनाइँदै आएको छ । तेस्रो विश्व संस्कृत दिवस २०७७ श्रावण शुक्ल पूर्णिमाको दिनमा मनाइएको थियो । विश्व संस्कृत दिवस कार्यपरिषद्ले दिवसको प्राचीन एवं ऐतिहासिक प्रमाणको अनुसन्धान गर्ने तथा अन्य आवश्यक क्रियाकलापहरूको संयोजन समेत गर्नेछ ।

कार्यपरिषद्मा संकल्पकर्ता डा. निर्मलमणि अधिकारी, संयोजक डा. गोविन्दशरण उपाध्याय, सहसंयोजक डा. केशवशरण अर्याल, सदस्य सचिव गोविन्द घिमिरे (आकाश नीलम्) हुनुहुन्छ । सदस्यहरुमा डा. वैकुण्ठ घिमिरे, रोहिणीराज तिमिल्सिना, माधव घिमिरे, लक्ष्मण आचार्य, नवराज खतिवडा, सरस्वती चौलागाईँ, गार्गी चौलागाईँ हुनुहुन्छ । कार्यपरिषद्को कानूनी सल्लाहकारमा अधिवक्ता रविन्द्र भट्टराई हुनुहुन्छ । संस्कृत भाषा तथा वाङमयका क्षेत्रमा कार्यरत वरिष्ठ विद्वानहरू सम्मिलित रहने गरी सल्लाहकार समिति गठन गरिनेछ जरो किलो प्रतिष्ठानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।