माघ ९,
नगरकोट । काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकामा १२ वडा रहेका छन् । त्यसमध्य तत्कालिन बालुवापाटी देउपुर हाल नगरपालिकाको वडा नम्बर १ र २ हुदै सोही नगरको ५ र ६ भएर मेलिम्ची जाने सडकलाई छुने एउटा सडक वर्षौंदेखि अलपत्र छ । झण्डै ३० वर्ष भन्दा लामो समय भयो यो सडक खनेको तर, वर्षायाम सुरु हुने बित्तिकै कुन्ताबेशीबाट गैरिबिसौनी हुदैं नगरकोट निस्कने प्रयास गर्नु भनेको युद्धमा जान तयार हुनु हो । स्थानीय गाउँहरु सल्लेबास, खाटचौर, मेसागाउँ, दुवागाउँ, गैरीगाउँ र नाल्दूमसम्मका बासिन्दाले दैनिक प्रयोग गर्ने यो सडकलाई स्तरउन्नती गर्न अघिल्लो वर्षदेखि यसै क्षेत्रबाट निर्वाचित सांसद गोकुल प्रसाद बाँस्कोट लागिपरेका छन् । बाँस्कोटा स्वय्मपनि यहिँ नगरको ४ नम्बर वडा स्थायी बासिन्दा हुन् । लगारतारको प्रयासपछि बालुबापाटी र देउपुर आसपासका स्थानीयले कम्तीमा बिरामी हुदाँ घरको आँगनबाट एम्बुलेन्स चढेर अस्पताल जान पाउने छन् । हाल नगरकोटको चिस फ्याक्ट्र भन्दा तल नयाँगाउँ जानेबाटोसम्म पक्की सडक बनेको छ । त्यसलाई क्रमश कुन्ताबेसीसम्म पु¥याउने योजनामा पूर्व सांसद बाँस्कोटा सक्रियता साथ लागेका छन् । हाल कुन्ताबेसीबाट माथीतीर पिच गर्नेकाम भएको थियो । हाल अर्थ मन्त्रालयबाट करिब १५ करोड बजेट थप गरेर पूनः सो सडकको स्तरउन्नतीका लागि ठेक्का दिने प्रक्रिया सुरु भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले यो प्रक्रिया अगाडी बढाएको छ । चुनावी घोषणापत्रमा बाँस्कोटाले यो भेगका कात्तिके चुरिथूम्का सिपाघाट सडक, नगरकोट बालुपाटी कुन्ताबेशी र नयाँगाउँ हुदैं कुन्ताबेशी जाने सडकलाई स्तरउन्नती गर्ने बचन दिएका थिए । यी सडकलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने काम पूर्ण रुपमा सफल भएमा देउपुरभेगका बासिन्दाको जीवनमा ठुलो परिर्वतन आउने थियो । स्वभावैले केही खरो प्रवृतिमा पूर्व संचारमन्त्री बाँस्कोटाले आफुले आफ्नो गृह नगरपालिकामात्रै नभएर समग्र काभ्रे जिल्लाकै हितको लागि काम गर्दै आएको बताएका छन् ।