Saturday, May 2, 2026
Home Blog Page 103
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र एक जना वडाध्यक्षको गाडीको चाबी खोसेका छन्। मंगलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन्। माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको मोटरसाइकलको चाबी पनि खोसेका छन्।...
मन्थली । आज यहाँका माझी समुदायले लदी (कोशी)पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ ।माझी समुदायको महान् पर्वका रूपमा लिइने लदी...
काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् । बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । यता सत्ता साझेदार दल कांग्रेसले पनि ह्विप जारी गरेको छ ।एमाले संसदीय दलका...
भक्तपुर । नारी दिवशको अवसरमा साहित्यकार तथा पत्रकारहरुले सम्मान प्राप्त गर्ने भएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरकी महिला उपाध्यक्ष नबिना श्रेष्ठ नारी स्रष्टा सम्मान-२०८१ बाट सम्मानित हुने भएकी हुन् । नामावली यसप्रकार रहेको छ १, वालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार तथा सम्मान २०८१ बाट पुरस्कृत हुनुभएको साहित्यकार देवीप्रसाद घिमिरे । २, स्थिति लम्साल बाल स्रष्टा पुरस्कार तथा सम्मान...
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। उनको उपचारमा डा यादवदेव भट्टको टोली खटिएको छ।पारसलाई आइतबार अपरान्ह साढे चार बजे तिर छातीमा समस्या देखिएपछि...
हुम्ला । नाम्खा गाउँपालिका-६ मा पर्ने हल्जीमा ९० घरधुरी बसोबास गर्छन् । तिब्बत सीमासँग जोडिएको यो गाउँमा स्थानीयलाई नियममा बाँध्न एक जना स्थानीयको अध्यक्षतामा तीन सदस्यीय कमिटी नै बनाइएको छ । कमिटीका अध्यक्षले स्थानीयवासीलाई काममा खटिन आदेश गर्छन् । स्थानीयलाई काम गर्ने समय बिहान ६ बजेदेखि ११ बजेसम्म तोकिएको छ । बिहान ६ बजेभन्दा अगाडि उठेर खेतबारीको कामसमेत...
एजेनसी– इजरायलको हाइफा शहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् । गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बीच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो । गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहान्तमा समाप्त भएपछि दुई पक्षबीच वार्ता रोकिएको बेला...
काठमाडौँ । नेपाल प्रहरीले सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका-१६, माछापोखरीबाट २ जनालाई सालकको ७७० ग्राम खपटासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुइचुम्पा-२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुली, तीनपाटन-६ का ३० वर्षीय मोहन पुलामी मगर छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराका...
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनदबाब थाल्ने भएको छ । अध्यक्ष थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो ।त्यसअन्र्तगत आगामी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको पुष्टि भएको छ । रास्वपा नेता मनिष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको बताएका छन् । ‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भनेका छन् । झाले आइतबार थापाले यसअघि नै ब्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र...