Thursday, July 23, 2026
Home Blog Page 1025
चैत २९, काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा...
चैत २८, भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज (शनिबार) देखि सुरु भएको छ । गत वर्ष कारोना भाईरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो । यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड् हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको...
चैत २७, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो चर्चा बटुलेकी नायिका रञ्जना शर्मा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । अमेरिका रहँदै आएकी रञ्जनाले प्रेमी निकेश सिलवालसँग कानुनी बिबाह गरेकी छिन् । रञ्जना र निकेशले बुधबार काुननी बिबाह गरेका हुन् । निकेशको नेपालमा बालकोट, भक्तपुरमा घर छ । तर, उनी लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायमा व्यस्त...
चैत २८, लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बितेको २४...
चैत २८, एजेन्सी । बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थकानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स । बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । अस्ताउँदै...
चैत २८, गुल्मी । गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका - ७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो । गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा गरेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु...
चितवन । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले हाल देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने...
चैत २४, कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
चैत २४, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका छन् । जिल्लामा सक्रिय पत्रकारहरुको संगठन प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतको सहमतीमा आगामी कार्यकालकोलागि सबै पदमा सर्वसहमत नेतृत्व चुनिएको हो । पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा जगत प्रजापति, उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिव सन्जीप घिमिरे, सह–सचिव खुल्लामा हेमराज ढकाल, सह–सचिव समाबेशीमा...