Sunday, September 27, 2026
Home स्वास्थ्य भारतबाट आएका ६८ जनामा कोरोना संक्रमण

भारतबाट आएका ६८ जनामा कोरोना संक्रमण

382

चैत २०,
काठमाडौं— भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश गर्ने मध्ये कोरोनाभाइरस कोभिड—१९ को आशंका गरिएकालाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।कृष्ण पौडेलले जानकारी दिए । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा वृद्धि भइरहेको संक्रमण दरको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा पर्ने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।
नेपालमा पनि साता दश दिनयता कोरोना संक्रमण दरको ग्राफ उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। समीरकुमार अधिकारले बताए । १९ गते शुक्रबार ३ हजार ५ सय ६५ कोरोना परीक्षण गर्दा १ सय ७९ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण दर उच्च विन्दुमा पुगेको थियो । भारतमा संक्रमण दर बढ्दै जाने नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएकाले नेपालमा कोरोना संक्रमणको दोस्रो लहरको संकेत देखिएको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताउँछन् । सीमा नाकाहरूबाट मानिसको आवत–जावत हुनुका साथै पेशा व्यवसाय, श्रम र तीर्थयात्राका लागि धेरै भारतीयहरू नेपाल आउने जाने गर्छन । त्यसैले संक्रमण सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।