असार १२,
कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताए ।
कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ...
असार १२,
भक्तपुर । चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको पीडितले बताएका छन् । पीडित परिवारलाई कांग्रेसले नगद ५ हजारसहित लत्ताकपडा, खाद्यान्न, ग्यास, ग्यासचूलो लगायतका सामग्री सहयोग गरेको क्षेत्रीय...
असार १२,
काठमाडौं । वर्षैभरी सित्तैमा मज्जाले मासु खान चाहनुहुन्छ ? यदि त्यसो हो भने कोभिड १९ को खोप लगाउनुहोस् । कोरोना खोप लगाउन नपाएर तड्पिरहेको बेला खोप पनि लगाउने र सित्तैमा मासु पनि खान पाइने खबरले पुलकित हुनुभयो होला । तर मख्ख नपर्नुस् किन कि यो नेपालको खबर होइन ।
वास्तवमा अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि मानिसहरुलाई...
असार १२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने वाचा गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिए । तर, अहिले...
असार १२,
मकवानपुर । जिल्लाको राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट उक्त परिमाणको गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने बर्ष २० को प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने बर्ष ४३ लालबहादुर स्याङतान...
असार १२,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।...
असार १२,
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लीग नेपाल ९वाइसीएल० संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोज्नु निन्दनीय भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै वाइसीएलले २१ औँ शताब्दीमा केहि दिन अगाडी देशको संघीय राजधानी काठमाडौंमा नै जातको आधारमा कोठा नपाएकी सञ्चारकर्मी रुपा सुनारमाथि भएको...
असार १२,
मकवानपुर । विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१३ चुच्चेपानीस्थित घरमा विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय राजकुमार मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले...
असार १०,
काठमाडौं । सैनिक हेलिकप्टर बुधबार राति दुर्घटनाग्रस्त भएको छ । फिलिपिन्स वायुसेवा (पिएएफ) कोअनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७० आई ब्लाक हक कल साइनको हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।यही अवधिमा...









