आज २ हजार ५१८ जनाले कोरोना जिते

202
सांकेतिक तस्विर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०।७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १।५ प्रतिशत रहेको छ ।