करेन्ट लागेर मोक्तानको मृत्यु

78
सांकेतिक तस्विर

असार १२,
मकवानपुर । विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१३ चुच्चेपानीस्थित घरमा विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय राजकुमार मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, शनिबार दिउँसो विद्युतको मिटर बक्स खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको हो ।
आज दिउँसो ३ बजेर ५ मिनेटको समयमा करेन्ट लागेर गम्भीर घाइते भएका ४२ वर्षीय मोक्तानको ३ बजेर ४० मिनेटमा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक दासले बताए ।