भक्तपुरको कलमविनायकमा घट्यो यस्तो घटना, अपराधी पक्राउ

418

असार १५,
भक्तपुर । प्रहरीले बालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बालिका भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक स्थित डेरा आफै कोठमा कोठामा बसिरहेको अवस्थामा दोलखा बैतेश्वर गाऊँपालिका वडा नं.४ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने बसन्त दमाईले करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
दमाईले सोमबार दिउँस १२ वर्षकी बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।
बालिकाको घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भनि पिडितकी आमाले सोही दिन महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दरखास्त दिएकी थिइन् । दमाईलाइ पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।