Friday, September 25, 2026
Home समाचार कांग्रेस चाँगुनारायणको सभापतिमा पुरी निर्वाचित, कसले पाए कति मत

कांग्रेस चाँगुनारायणको सभापतिमा पुरी निर्वाचित, कसले पाए कति मत

18

भक्तपुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत भएको चाँगुनारायण नगर समितिको सभापतिमा गोकर्ण पुरी निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानमा पुरीले १८० मत प्राप्त गरेका हुन् । उनका निकतम प्रतिद्वन्दी सिजन कार्कीले १७१ मत ल्याएका छन् । त्यसैगरी उपसभापतिमा सत्यनारायण गिरी १८४,महिला उपसभापतिमा मधुरा दाहाल १८४, सचिबमा श्याम काजी नयाजु १८१, सहसचिवमा सुनकुमार वाइवा १७५ मत ल्याउदै निर्वाचित भएका हुन ।

सदस्य खुला तर्फ प्रमोद पाण्डे १९१, अभिषेज दाहाल १६५, युवा महिला सदस्य तर्फ सरिता वाग्ले अधिकारी १८२ मत त्यसैगरी दलित खुला सदस्यमा नानू बिक १८० मत ल्याउदै बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।