घट्यो सुनको मूल्य

3

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ८३० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २५ रुपैयाँले बढेको छ ।