Sunday, September 27, 2026
Home राजनीति मल कारखाना खोल्न कृषिमन्त्री नै छैनन् तयार

मल कारखाना खोल्न कृषिमन्त्री नै छैनन् तयार

20

काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले नेपालमै मल कारखाना खोल्न माग गरेका छन्। तर, कृषि तथा पशुपंक्षी विकासमन्त्री नै यसका लागि तयार छैनन्। सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सदस्यहरूले सिजनमा सधैँ किसानलाई मल अभाव हुने गरेको भन्दै नेपालमै कारखाना खोल्न माग गरेका थिए। तर, उनीहरूको मागप्रति कृषिमन्त्री बेदुराम भुसाल तयार नदेखिएका हुन्।बैठकमा बोल्ने अधिकांश सांसदहरूले नेपालमा मल अभावको समस्या सधैँ देखिने गरेको भन्दै यसको दीर्घकालीन रूपमा अन्त्य गर्नको लागि नेपालमै कारखाना खोल्नुपर्ने माग गरेका थिए।

सांसद पूर्णबहादुर तामाङले मलको कुरा सधैँ उठ्ने तर,काम नहुने गरेको भन्दै अबदेखि आफू मलसम्बन्धी कुनै पनि छलफलमा सहभागी नहुने बताए।‘सधैँ मल छैन, अभाव छ मात्रै भनिन्छ। यसको समाधानको लागि कुनै काम भएको छैन। अब पनि काम नगर्ने हो भने मलाई मलको विषयमा छलफल गर्ने बैठकमा नबोलाउनुहोला’,उनले भने।तामाङले प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा सदस्यहरू, स्वकीय सचिवहरू र सरकारी कर्मचारीहरूको एक महिनाको तलब काट्दा मात्रै पनि अर्बौ रुपैयाँ मल कारखाना स्थापनाको लागि जुटाउन सक्ने बताए।