Monday, September 28, 2026
Home मनोरन्जन जापानका तीन सहरमा नेपथ्य

जापानका तीन सहरमा नेपथ्य

34

काठमाडौं : श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ। यसपटक राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दै छ।
नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। त्यसैगरि ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ।सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो।‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसंग जोडिएका मिठा यादहरुमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भब्य माया को अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ।’