Thursday, September 24, 2026
Home अर्थ सिटी होटलको आइपीओ बिक्री खुला

सिटी होटलको आइपीओ बिक्री खुला

21

काठमाडौँ । सिटी होटलले आज (मंगलबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ। यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ। होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अङ्कित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो।

जारी पुँजीको ४५ अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरू र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ।