Sunday, September 27, 2026
Home समाचार थप ११९ जनामा कोरोना पुष्टि

थप ११९ जनामा कोरोना पुष्टि

106

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेको छ।
बुधबार १३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार १९१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर १ हजार ९५५ पीसीआर तथा २ हजार १२९ एन्टिजेन परीक्षण भएको छ।