Friday, October 16, 2026
Home समाचार परराष्ट्रका नासु बेगनास तालमा मृत भेटिए

परराष्ट्रका नासु बेगनास तालमा मृत भेटिए

70

काठमाडौं । पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्। उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।