Sunday, September 27, 2026
Home राजनीति एमसिसी ल्याउने र पास गर्छौं भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् :...

एमसिसी ल्याउने र पास गर्छौं भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : ओली

115

फागुन १३,

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी ल्याउनेहरू हिँड्दा ताली बजाउने तर आफूलाई ढुंगा हानेको बताएका छन्। पोखरामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ताली बजाउने, बाबुराम भट्टराईले एमसिसी अगाडि बढाउनुपर्छ भन्दा ढुंगा नहान्ने, कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्छ, कांग्रेसका नेतालाई प्रदर्शनकारीले ढुंगा हान्दैन, सभामुखले टेबल गरेका छन्, ढुंगा हानिँदैन, एमसिसी ठीक छ भनेर टुंग्याउने कृष्णबहादुर महरालाई पनि ढुंगा हानिँदैन’, ओलीले भने, ‘म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन्।’आइतबार एमसिसी टेबल भएको दिन संसद भवनबाट बाहिरिँदै गर्दा प्रदर्शनकारीले ओलीमाथि अवरोध गर्दै ढुंगा प्रहार गरेका थिए।