Wednesday, September 30, 2026
Home अनौठो कोरोनाको विरुद्धको खोप लगाउनेलाई सरकारले गाई उपहार दिने !

कोरोनाको विरुद्धको खोप लगाउनेलाई सरकारले गाई उपहार दिने !

209

जेठ १०,
काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप लगाउनेलाई गाई उपहार दिने भएको छ । यो समाचार थाइल्याण्डको हो । तेहाँ सरकारले जनतालाई खोप लगाउनका लागि अनेक तरिकाले प्रोत्साहित गरेको छ । थाइल्याण्डको उत्तरी भागमा पर्ने एउटा जिल्लाले स्थानीय बासिन्दालाई कोभिड १९ विरुद्धको खोप लगाउनका लागि आकर्षित गर्न गाई उपहार दिने योजना अगाडि सारेको छ । चियांग माइ प्रान्तको माए चाएम जिल्लाका बासिन्दाहरुका लागि यो योजना अगाडि सारिएको हो । अब आगामी जुन महिनादेखि खोप लगाउने मध्येका एक जना गाउँलेलाई हरेक हप्ता एउटा उपहार दिइने । त्यसरी गाई जित्ने मानिसको छनोट गोलाप्रथाबाट गरिनेछ । गाईको मूल्य १० हजार भाट हुनेछ ।

२४ हप्ताको लागि सञ्चालन हुने उक्त अभियानप्रति उक्त जिल्लाका ४३ हजार बासिन्दाहरु निकै उत्साहित बनेको बताइएको छ । जिल्ला प्रमुख बूनलुए थाम्थारानुराक भन्छन् ‘यो अभियान घोषणासँगै हाम्रो खोप अभियानमा नाम दर्ता गराउनेका संख्या केही दिनमै सयौँबाट बढेर हजारौँ पुगेको छ । गाउँलेहरुले गाई मन पराउँदछन् र गाईहरु नगदमा बेच्न सकिन्छ ।’

उक्त जिल्लामा वृद्धवृद्धा तथा विभिन्न दीर्घरोगी लगायतका प्राथमिकतामा परेका ४ हजार मानिसहरुलाई खोप दिइसकिएको छ । जिल्लामा नयाँ खोप अभियान चाहिँ जुन महिनाको ७ तारेखदेखि सुरु हुनेछ ।
थाइल्याण्डको सो जिल्लामा मात्र होइन अन्य प्रान्तहरुमा समेत मानिसहरुलाई खोपका लागि नाम दर्ता गराउन उत्प्रेरित गर्नका लागि सुनको सिक्रि उपहार दिनेदेखि पसलमा छुट तथा नगद पुरस्कार लगायतका अफर घोषणा गरिएका छन् ।