Thursday, October 1, 2026
Home साहित्य कविताः पाठ्यक्रम

कविताः पाठ्यक्रम

184

-राजकुमार लामिछाने ‘प्रीन्स’

हो म पढ्न चाहन्थे
संगसगै अघि बढ्न चाहन्थे
हाम्रा अग्रजको
इतिहासको
आज जस्लाइ कथा जस्तो बनाइएको
त्यो बास्तबिकताको उदाहरण
सुन्दै सुन्दै
मनमनै सपना बुन्दै
हुर्केको म
म पढ्न चाहन्थे
संगसंगै अघि बढ्न चाहन्थे ।

तर जसै जसै प्रधानाध्यापक बदलियो
बिरताका गाथा
सहिदको रगत
आमाका सपना
सपुतका योगदान
पाठ्यक्रमबाट अलप हुँदै गए
उ अनि उस्का नातेदारका
जन्मदिन
बिबाह उत्सव
पास्नी
साला साली छोरा छोरी
अनि स्वास्नी
उस्को भजन
उस्कै बिर्यका उपज
उस्कै लालाबालाका सपना
उस्को अर्धांगिनिको रुपको गाथा
स्वाह भित्रपनी
वाह वाह वाह वाहको संगित
ब्यंग्यको को गित
आफ्नै संगकै लडाइँ
छिर्के हानी हानी पाउने जित
अनि परिक्षामा यसैमा अब्बल हुनु पर्ने
म त फेल भएछु
म अचम्म छैन
म्याक्सहरु पास हुने गरि
आएको यो पाठ्यक्रममा
मार्क्स त फेल हुन्थे होला
म नाथे आदर्षको कुरा गर्ने ।

प्रगति गरेका छन अचेल
पढाइमा
कक्षामा हल्ला गर्ने हरुले
अंक कुम्ल्याइरहेका छन
प्रीन्सिपल म्यामको सारीको
अनि शकुनि सरको दारीको
प्रशंसा गर्नेहरुले
कक्षाका दादाहरु नै
बिद्यालयको सान भएका छन
सायद यो पाठ्यक्रमले
यिनै हुनेछन भबिश्यका कर्णधार
हो म पनि पढ्न चाहन्थे
संगसंगै अघि बढ्न चाहन्थे
तर न मेरो पाठशाला पाठशाला रह्यो
न मेरा गुरु गुरु रहे
न मेरा सहपाठी सहपाठी रहे
मुख्य त
किताबको गाता मात्र बाँकी हो
पाठ्यक्रम नै बदलियो ।

 चाँगुनारायण-६, भक्तपुर