Thursday, October 1, 2026
Home मनोरन्जन मेकअपबिना सेल्फी लिएपछि करिना भईन सामाजिक संजालमा ट्रोलको शिकार

मेकअपबिना सेल्फी लिएपछि करिना भईन सामाजिक संजालमा ट्रोलको शिकार

269

एजेन्सी, भदौ ३,
काठमाडौं । बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्,- ‘अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको छैन।अब बुढीआमा। बुढी करिना। कृपाया डाइटिङ बन्द गर्नुहोस्।आन्टीजस्तै देखिनु भाछ।’ अर्का युजर जसले करिनाको समर्थन गर्दै लेखेका छन् – ‘धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।’