Saturday, October 3, 2026
Home मनोरन्जन ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक

‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक

154

असार ८,
काठमाडौं । साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रायस् कलाकार फिचरिङ ट्रेलरमा कमेडी, प्रेम, बदला, द्वन्द्वलाई देखाइएको छ। दीपक ओली निर्देशित फिल्म ुपण्डित बाजेको लौरीुले पण्डित्याइँ गर्ने पण्डितहरूको कथा प्रस्तुत गर्नेछ। वादी जातिकी महिला र ब्राह्मण जातिको पण्डितबीचको सम्बन्धलाई प्रस्तुत गरिएको यस फिल्ममा सन्ध्या केसी, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले पनि अभिनय गरेका छन्। महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’का निर्माता थमनकुमार भण्डारी हुन् भने सहनिर्माता किशोर खड्का हुन्। विदुर पाण्डेको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी गुरुङले गरिरहेका छन्।