अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

279

एजेन्सी,असार १६,
टेक्सास । एउटा निजी विमान दुर्घटना हुँदा अमेरिकाको टेक्सास राज्यमा १० जनाको मृत्यु भएको छ । स्थानीय एडिसन नगर विमानस्थलबाट उडान भर्ने क्रममा बीचक्राफ्ट किङ्ग एयर ३५० एयरक्राफ्ट ह्याङ्गरमा ठोक्किएपछि दुर्घटनामा परेको हो ।

स्थानीय समयानुसार विहान ९ बजेट धावनमार्ग छाडेको विमान लगत्तै ह्याङ्गरमा ठोक्किएर विस्फोट भएको थियो । दुर्घटना पछि विमानमा सवार सबैको मृत्यु भएको जनाइएको छ । उक्त विमानमा २ जना विमान कर्मचारी र ८ जना यात्रु सवार रहेका थिए ।