अमेरिकाले भारतलाई हतियार बिक्रीमा प्राथमिकता दिने

56

असार २,
काठमाडौँ । अमेरिकी संसद् सिनेटका दुई वरिष्ठ सिनेटरहरूले यूएस आर्म्ड कन्ट्रोल्स एक्सपोर्ट याक्टमा संशोधन प्रस्ताव सदनसमक्ष पेश गरेका छन् ।
यसमा भारतलाई नाटो देश समान दर्जा दिने प्रस्ताव राखिएको छ । यसो भएमा भारत इन्टरनेसनल ट्राफिक इन आर्म्स रेगुलेसन लिस्टमा नाटो सहयोगीकै बराबरीमा आउनेछ । अमेरिकाको यो सूचीमा अहिले इजरायल, अस्ट्रेलिया, न्युजील्यान्ड र दक्षिण कोरिया छन् । संशोधन विधेयक डेमोक्रेट सिनेटर मार्क वार्नर र रिपब्लिकन सिनेटर जोन कोर्निनले पेश गरेका हुन् ।

यस विधेयकमा विदेशमा हतियार बिक्रीको नियममा परिवर्तन गरिएको छ । संसद्ले यसलाई पारित गरेमा भारतले अमेरिकाबाट सैन्य कारवाहीका लागि आवश्यक हतियार र प्रविधि पाउनेछ । हतियार आपूर्ति तीव्र गतिमा हुनेछ । पेन्टागनसँग मुख्य रक्षा साझेदार बनेपछि भारतले अतिसंवेदनशील सैन्य सामग्री उपलब्ध हुनेछ ।उपक्षेत्रीय अस्पताल सुदूर पश्चिम