Sunday, September 20, 2026
Home ताजा अपडेट पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

73

बैशाख १२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन्।

उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्,’चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ। सयौं वर्ष अघिदेखिका संरचना एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ।”