Sunday, September 20, 2026
Home अन्तर्राष्ट्रिय पाकिस्तानमा बम बिस्फोट हुदाँ १६ को मृत्यु

पाकिस्तानमा बम बिस्फोट हुदाँ १६ को मृत्यु

84
सांकेतिक तस्विर

चैत २९, एजेन्सी,
काठमाडौँ पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् । समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।