नेकपाको सचिवालय बैठक सर्‍यो

154

असोज २४,
काठमाडौं । बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ। आगामी स्थायी समिति बैठकमा पेस गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो। बैठक २७ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो। साथै उक्त बैठकमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिका विषयमा समेत आगामी सचिवालय बैठकमा छलफल हुने बताइएको थियो। प्रदेश कमिटी गठनको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने सचिवालयका कार्यसूची रहेका छ्न्। यस्तै बैठकले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ। -newsofnepal