‘माओवादी केन्द्रसँग तत्काल एकता हुन सक्दैन्’

203

माघ ७,
बर्दिवास । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको दाबी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) को मिथिला प्रदेश (ब्युरो) कमिटीले बर्दिवासमा आयोजना गरेको संगठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए । नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा (माओवादी केन्द्र) अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ ।