काठमाडौं । केही दिन अगाडी रसुवा बाढी आएपछि मुस्ताङ जिल्लामा रहेको चीनसंगको कोरला नाका चलायमान भएको छ । उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट ९वनस्पति० क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ, भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ । हाल मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो । रसुवागढी र तातोपानी नाका पूर्णरूपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।














