सुरूङभित्र दुईवटा शव भेटिए

4

काठमाडौं । आइतबार रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा थप दुईवटा शव फेला परेका छन्।
लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजनाले जनाएको छ।
यसअघि शनिबार सुरूङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुईवटा शव निकालिएको थियो। शनिबारै उद्धार टोलीले सुरूङभित्रबाट एक चिनियाँ नागरिकलाई जीवितै सकुशल उद्धार गर्न सफल भएको थियो। आयोजना स्थलमा बिहीबारदेखि नै लगातार शव फेला परिरहेका छन्। बिहीबार एउटा खुट्टासहितको शव फेला परेको थियो भने शुक्रबार थप ६ जनाको शव भेटिएको थियो। हालसम्म फेला परेका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेकाले कुनै पनि शवको सनाखत हुन सकेको छैन।