होली खेल्दै हुनुहुन्छ ? यी कुरमा ध्यान दिनुस्

250

फागुन १७,
काठमाडौं । रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ ।
तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ । बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ । रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन । तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा सावधान हुनु पर्दछ । रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ । फागु खेल्दा सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउने गर्दा पनि छालालाई बचाउन सकिन्छ । कारोबार दैनिकबाट