Tuesday, September 22, 2026
Home अर्थ सुन तोलाको २ लाख १२ हजार

सुन तोलाको २ लाख १२ हजार

33

काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य बढ्ने क्रम रोकिएको छैन्। आज सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार (आज) छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो।