आजबाट देशैभरीका होटल व्यवसाय खुले

483

साउन १५,
काठमाडौँ । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आएका छन् ।
उने भएका हुन् । आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका छन् ।

जधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित साङ्ग्रीला, ¥याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् । तर यता होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज भइनसकेकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताएको छ ।