सुनसहित एक जना पक्राउ

39

काठमाडौँ । ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह महोत्तरीमा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सम्सी हुँदै गौशालातर्फ पैदल आउदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।