पहिलो पटक चस्मा प्रदर्शन मेला

24

काठमाडौँ । पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर सम्बन्ध विस्तारसँगै व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक काठमाडौँको भृकुटीमण्डपमा चस्मा प्रदर्शन मेला आयोजना हो मेला आज शुक्रबार अर्थात बैशाख ५ देखि सुरु भएको छ । यो मेला तीन दिन बैशाख ७ गतेसम्म रहनेछ । प्रदर्शनी मेलाको उद्घाटन मातृका आँखा अस्पतालका डा. किशोरराज प्रधानले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै डा.प्रधानले प्रदर्शन मेलाको शुभकामनासँगै चस्मा व्यवसाय प्रवद्र्धनका लागि आप्mनो सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

चस्मा होलसेल व्यवसायी संघका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले स्वागत मन्तव्य राख्दै नेपालमा पहिलो पटक चस्मा प्रदर्शनी मेला आयोजना भएको जानकारी गराउँदै आगामी दिनममा यसलाई निरन्तरता दिइने जानकारी दिए । उनले मेलाको उद्देश्य व्यवसायीहरु बीचको सम्बन्ध विस्तार र व्यवसाय प्रवद्र्धन गर्ने रहेको बताए । चस्मा होलसेल व्यवसायी संघका महासचिव छविलाल तिमल्सिनाले व्यवसायीहरुको एकआपसमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले नै चस्मा प्रदर्शन मेला राखेको जानकारी दिए । महासचिव तिमल्सेनाले पहिलो चस्मा प्रदर्शन मेला पहिलो पटक हो अब हरेक वर्ष यसलाई निरन्तरता दिइने बताए । महासचिव तिमल्सिनाका अनुसार प्रदर्शन मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका चस्मा राखेका छन् ।

नेपाली ब्राण्डमा एभ्रेष्ट, सिप्रो,सिएनपी कलेक्सन, गोर्खा,डिएभी लगायतका चस्मा रहेका छन् । अन्तर्राष्टि रे–ब्यान गुच्ची लगायत ब्राण्डका चस्मा मेलामा छन् । महासचिवका अनुसार प्रदर्शन मेलामा ४८ वटा चस्मा स्टल राखेका छन् । मेलाको अवलोकन होलसेल तथा खुद्रा चस्मा व्यवसायीहरुको मात्र गर्ने पाउनेछन् । करिब पाँच हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा करिब साढे २ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ । महासचिव तिमल्सिनाका अनुसार दशभर चस्मा होलसेल व्यवसायीहरु ६० वटा छन् भने खुद्रा व्यवसायीहरु करिब ५ हजार छन् । यस व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने करिब एक हजार बढी छन् ।

कार्यक्रमका संयोजक बाबुराम दाहालले व्यवसायहरुबीचको सुमधुर सम्बन्ध विस्तारका मेला आयोजना गरेको जानकारी दिए । उनले हालसम्म चस्मा व्यवसाय सन्तोषजनक रहेको जानकारी दिए । पहिलो पटक चस्मा प्रदर्शन मेलाको अवसरमा आयोजक टिमलाई प्रशंसा पत्र समेत प्रदान गरेको छ । पहिलो पटक चस्मा प्रदर्शन मेला २०२५ सफल बनाउन महत्वपूर्ण भूमीका निर्वाह गरेको उच्च मूल्यांकन गर्दै आयोजक टिमलाई प्रशंसा पत्र प्रदान गरेको छ ।