Tuesday, September 29, 2026
Home शिक्षा युनिग्लोब कलेजका विद्यार्थीहरु स्वर्णपदक सहित पोखरा विश्वविद्यालयबाट दीक्षित

युनिग्लोब कलेजका विद्यार्थीहरु स्वर्णपदक सहित पोखरा विश्वविद्यालयबाट दीक्षित

57

हालसम्म धेरै स्वर्णपदक प्राप्त गर्नेमा युनिग्लोब कलेज उत्कृष्ट शैक्षिक संस्था
पोखरा । पोखरा विश्वविद्यालयले २०औं दीक्षान्त समारोह हिजो २०८१ फागुन ८ गते (फेब्रुअरी २०, २०२५) पोखरा विश्वविद्यालय स्थित ढुंगेपाटन, कास्कीमा भव्यताका साथ सम्पन्न गरेको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गरेका थिए । उक्त दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित भएका छन् भने ३० जना विद्यार्थीलाई विशिष्ट स्वर्ण पदक र ७४५ विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको छ ।

उक्त अवसरमा काठमाण्डौंको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब कलेजका १४ जना विद्यार्थीहरुले ४.०० जिपिए सहित स्वर्ण पदक प्राप्त गरेका थिए । जसमा बिराट गौतम, झरना रेग्मी, जोशिला दाहाल, रमन सिलवाल, श्रुति आचार्य, आकृति देवकोटा, आस्तिका महतो, निशा खड्का, नितिशा गौतम, रश्मी पौड्याल, अपसरा ईमाम, अकलेश कुमार मिश्र, कौशिकी पन्त र मनिषा कुमारी कार्की रहेका छन् । साथै युनिग्लोब कलेजका ४८ जना विद्यार्थीहरूले डिन लिस्टको स्थान हासिल गर्न सफल भएका छन् । यसअघि पनि पोखरा विश्वविद्यालयको विभिन्न दीक्षान्त समारोहहरुमा युनिग्लोब कलेजका २१ जना विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गरिसकेका छन् । हालसम्म ३५ वटा स्वर्ण पदक प्राप्त गर्दै युनिग्लोब कलेज नेपालमा पोखरा विश्वविद्यालय अन्तर्गत सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने उत्कृष्ट शैक्षिक सस्थाको रुपमा परिचित भएको छ ।

यूनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा. गंगाधर दाहालले आगामी दिनहरूमा पनि उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक सफलता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । युनिग्लोव कलेजका प्राचार्य तथा अध्यक्ष डा. नर बहादुर बिष्टले यस वर्षको दीक्षान्त समारोहमा युनिग्लोब कलेजका विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि कलेजले शिक्षा क्षेत्रमा गरेको निरन्तर प्रयास र प्रगतिको प्रमाण हो भन्ने कुरा बताए र साथसाथै स्वर्ण पदक र डिन लिष्ट प्राप्त गर्ने विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताको परिचय दिएको कुरा व्यक्त गरे । उनले आफ्ना सम्पूर्ण दिक्षित विद्यार्थी, शिक्षक, अभिभावकहरु तथा प्रशासनिक कर्मचारीहरुलाई उक्त उपलब्धिमा योगदान पुर्याएकोमा धन्यवाद दिए । साथै उनले युनिग्लोब कलेजका शैक्षिक निर्देशक प्रा.डा. राधे श्याम प्रधानको मार्ग निर्देशनमा उक्त कलेजले उल्लेखनिय सफलता हासिल गरेको र उनको नेतृत्व र शैक्षिक क्षेत्रप्रतिको लगाव र समर्पणले विद्यार्थीको शैक्षिक क्षमतालाई विकास गर्न महत्वपूर्ण भूमिका निभाएको कुरा पनि बताए ।

सन् २०१८, २०१९ र २०२२ मा सर्वाेत्कृष्ट बिजनेस कलेज अवार्डहरुबाट समेत सम्मानित उक्त कलेजले हालसम्म १३ वटा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । उक्त कलेजका ४५० भन्दा बढी विद्यार्थीहरूले ६० भन्दा बढी विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय सम्मेलन र तालिममा भाग लिईसकेका छन् । यसका अतिरिक्त युनिग्लोब कलेजले चार वटा त्रैमासिक अनुसन्धानमूलक जर्नलहरूको प्रकाशन गर्दै विद्यार्थीहरूको अनुसन्धानमूलक कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न सफल भएको छ । साथै इन्टरप्रेनियरसिप इन्क्युबेशन सेन्टर, फाइनान्स ल्याब, कम्युनिकेशन ल्याब र अन्य सीपमूलक तालिमहरु सहित अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सर्वाेत्कृष्ट कशैक्षिक संस्थाको रुपमा स्थापित भएको छ ।