भक्तपुरका विद्यायलमा कोरोनाबारे अभिमुखिकरण

266

साउन ४,
भक्तपुर । भक्तपुर जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुमा कोरोना र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । बी.पी. नेत्र प्रतिष्ठान बालअाँखा, नाक,कान, घाँटी अस्पताल एबं पुुनस्थापना सेवा लोकन्थली भक्तपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरशाखा र नेपाल जेसिसको सहकार्यमा अभिमुखिकरणको आयोजना गरिएको हो ।

श्री शान्तिनिकेतन मा.वि. राममन्दिर सुर्यबिनायक, श्री आदर्श मा.वि. लायकु ठिमी र श्री महेन्द्र शान्तिमा.वि. बालकोटगरि ३ वटा विद्यालयमा संचालन गरिएको अभिमुखी कार्यक्रममा शिक्षक र विद्यार्थी गरी १०२ जनाको सहभागिता रहेको थियो । लकडाउनको समयमा सामाजिक दुरी कायम गरिनुका साथै अन्यआवश्यक सतर्कता समेत अपनाएर संचालन गरिएको अभिमुखिकरणमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर र नेपाल जेसिस भक्तपुरद्वारा सहभागीहरुलाई मास्कलगायत कोरोना सम्बन्धि चेतनामुलक सामाग्रीहरु बितरण गरिएको थियो ।

बी.पी. नेत्र प्रतिष्ठानका आउटरिच तथा तालिम संयोजक राम के.सी, मेडिकल अफिसर डा.समित दास, र नेपाल रेडक्रसका सहजकर्ता ईश्वर श्रेष्ठ तथा सफलता श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शान्ति निकेतनमा.वि.का प्र.अ. महेन्द्र गोपालकर्माचार्य, ्आदर्शमा.वि.ठिमीका प्र.अ. बुद्घिकमार श्रेष्ठ र महेन्द्र शान्तिमा.वि.का प्र.अ. गोपाल बिक्रम थापाले आयोजक तथा सहयोगी संस्थाहरुलाई धन्यबाद दिए । -कृष्ण नेपाल