एमाले चाँगुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न, तस्विरमा हेरौं

91

भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरकमिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले चाँगुनारायण कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताउनुभयो । ‘एमालेको नीति नै सामाजिक कार्यमा धेरै भन्दा धेरै सहभागी हुने रहेका हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उक्त कार्यक्रममा ५४ जना पुरुष र १० जन महिला गरेर ६४ जनाले रक्तदान गर्नु भएको छ । कार्यक्रम एमालेका केन्द्रिय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु तामाङ, बागमती प्रदेशका नेता गीता प्रसाद नेपाललगायतले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

तस्विरमा हेरौं