Sunday, September 27, 2026
Home समाचार प्रहरीले ६ क्विन्टल गाँजा नियन्त्रणमा लियो

प्रहरीले ६ क्विन्टल गाँजा नियन्त्रणमा लियो

49

महोत्तरी । महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुटमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो। जसमा ६ सय ४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ । ट्रकका चालक उदयपुरको कटारी नगरपालिका वडा –१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता जैसवालले जानकारी दिए।