काठमाडौँ । कुलेश्वरमा इलेकट्रोनिक सामग्री मर्मत पसल खोलेका एक पुरुष युवतीको माया जालमा पर्दा लाखौं रुपैयाँ तिर्नपर्ने अवस्थामा पुगे ।
४ महिना जतिअघि युवती एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा गइन् । त्यहाँ उनले राइसकुकर मर्मत गर्न लगाईन् । राइसकुकर मर्मत गर्नेको फोन नम्बर लिइन, बेलाबेलामा कुरा गर्न थालिन् । केही सामान बिग्रीएको भन्दै ती पुरुषकोमा जान थालिन् । प्रायः भेट हुन थालेपछि यसो सापटी माग्नपनि थालिन । चितवन रत्ननगर नगरपालिका–८ घरकी २८ वर्ष अस्मिता आचार्य देखेपछि ती करिब ५० वर्षको पुरुषमापनि लोभ पलायो ।
सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ ती पीडित भनिएका पुरुषसंग मागेको प्रहरी अनुसन्धानमा देखिएको छ । ५० वर्षका पुरुषले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गरिन् । युवतीसंग ठमेलमा गएर खाजा खान पाएपछि पुरुष मख्ख परे ।
युवती उचित मौकाको फाइदा लिने तयारीमा थिइन् । पुरुषमा यौनको भोक जागेको जस्तो लागेपछि उनले चौका हानिन् । अस्मिता एकदिन उनले प्रस्ताव गरिन् । ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा गए ।
यौनको लोभमा परेका ती पुरुष होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि छाँगाबाट खसेजस्तै भए । अस्मिताले१० लाख माग्न थालिन् । ४ दिनसम्म पैसा नदिएपछि ती पुरुषकाको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन् ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु । परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा पक्राउ गरेको छ । आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जानकारी दिएको छ । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् ।