जाजरकोटको भेरीमालिकामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु ३ दर्जन घाइते

838

फागुन २६,
जाजरकोटको सदरमुकाम खलंगा बजारबाट खारा तर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा हाल सम्म १७ जनाको मृत्यु भैसकेको छ भने झण्डै ३ दर्जन भन्दा बढि घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत भइसकेको छैन । लु३ख २२७९ नम्बरको यात्रुबाहक बस भेरीमालिका भन्ने स्थानमा सडकबाट करिब २०० मीटर तल खस्दा बसमा करिब ५५ जना यात्रु सबार रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुनुमा भीरालो बाटो र ओभर लोड लाई कारण मानिएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ ।