५ वर्षमा देशलाई समृद्ध बनाउने गच्छदारको उद्घोष, ५ सय युवा लोकतान्त्रिक फोरममा प्रवेश

282

चैत्र ५, काठमाण्डौं ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले १ पटक यो देशको नेतृत्व गर्ने मौका पाए अरु नेताहरुले २०/२५ वर्षमा गर्न नसकेको काम ५ वर्षैमा सम्पन्न गरेर समृद्ध नेपाल बनाउने आफ्नो दृढ अठोट रहेको भन्दै आफूसंग त्यस्तो योजना समेत रहेको उद्घोष गरेका छन् । काठमाडौंको सतुंगलमा ‘म नेपाली मेरो नेपाल’ नामक युवा क्लबको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गच्छदारले यस्तो विचार व्यक्त गरेका हुन् । उनले मुलुक साधन र श्रोतले सम्पन्न हुँदा हुँदै पनि पछाडि पर्नुमा राजनीतिक कारणनै जिम्मेवार रहेको भन्दै प्रमुख तीन ठूला दल जसले पटक पटक सरकारको नेतृत्व गरे उनीहरुकै गलत क्रियाकलापका कारण मुलुक पछि परेकाले अब त्यसबाट मुक्ति दिलाउन फोरम लोकतान्त्रिकलाई एक पटक विश्वास गरि नेतृत्व गर्ने तहसम्म पुर्याउन अपिल समेत गरे । यदि देशको प्राकृतिक सम्पदाको सदुप्रयोग गर्न सकेको भए मुलुक यति बेला सिङ्गापुर, मलेशिया र दक्षिण कोरिया सरह हुने थियो भन्दै हामी संग भएका श्रोतहरु ती मुलुकमा नहुँदा पनि विकसित राष्ट्र हुन सक्ने तर संसारमा काहीँ नभएका श्रोत र साधन हुँदा पनि हामी संसारकै गरिब राष्ट्र हुने कारणको खोजि अब नेपाली जनताले गर्नुपर्ने धारणा राखे । उनले भने “संसार भरिका पर्यटकमा माउण्ट एभरेष्ट (सगरमाथा) को प्रचार गर्न सकेको मात्र भए पनि करौंडौ पर्यटक नेपाल भित्रिन्थ्यो तर हामीले १० लाख पनि पर्यटक भित्र्याउन सकेका छैनौं ।” कृषि प्रधान मुलुकमा किसानहरु भोकै रहनु पर्ने लाजै मर्दोस्थिति रहेको भन्दै यसमा सुधार ल्याउनु पर्नेमा जोड दिए । कृषि, पर्यटन, जलश्रोत र मानव संसाधनको विकासबाट मुलुकलाई छिटै समृद्ध बनाउन सक्ने योजन आफ्नो पार्टी संग रहेको धारणा राखे । सबै नेपाली दाजुभाइ अटाउने पार्टी बनाउनु पर्दछ भन्नेमा देशै भरिका युवाहरुको माग रहेको र समय सापेक्ष बनाउन पार्टीको नाम परिवर्तन गर्न लागिएको भन्दै उनले पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम, संघीय लोकतान्त्रिक पार्टी वा यस्तै नाम राख्न आफू सङ्कल्पित रहेको जानकारी समेत दिए ।

महामन्त्री, भरतेन्द्र मल्लिक
पार्टीका महामन्त्री ‘म नेपाली मेरो नेपाल’ नामक संस्थालाई शुभकामना दिँदै यो संस्था स्थापित हुँदा काठमाडौं क्षेत्र नं.१० बाट फोरम लोकतान्त्रिकलाई विजय गराउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । पार्टीको मेरुदण्ड भनेकै युवा, महिला र विद्यार्थी रहेको भन्दै यी तीनवटा क्षेत्र सक्रिय रहँदा पार्टी स्थापित हुने धारणा राखे । उनले पार्टी प्रवेश गर्ने युवाहरुलाई योग्यता र क्षमता अनुसारको जिम्मवारी दिने घोषणा समेत गरे ।
त्यस्तै पार्टीका युवा नेता तथा केन्द्रि सदस्य गणेश लामाले क्लबका युवाहरुले समाजमा भएका कुलत र विकृति हटाउने उद्य्श्यले संस्था सुरु गरेकोमा प्रशंसा गर्दै सफलतको शुभकामना दिए साथै उनले अध्यक्ष गच्छदारकै कारण १६ बुँदे सहमति सम्म भएको र संविधान निर्माण सम्म भएको भन्दै राष्ट्रिय राजनीतिमा अध्यक्षको भूमिकाको चर्चा गरेका थिए ।
त्यसैगरि नवप्रवेशीको तर्फबाट युवा संघ नेपाल परित्याग गरि फोरम लोकतान्त्रिकमा प्रवेश गरेका युवा नेता युवराज ओलीले आजको प्रवेश प्ररम्भ मात्र भएको भन्दै देशभरका युवाहरुलाई प्रवेश गराउने संकल्प गरे । सभालाई पार्टीका काठमाण्डौंका उपाध्यक्ष विना गिरी लगायतले आफ्ना धारणा राखेका थिए । सतुंगल क्षेत्रका ५ सय युवा प्रवेश गरेको कार्यक्रममा युवा संघका नेता युवराज ओली क्लबका, अध्यक्ष जोनसन महर्जन, उपाध्यक्ष सागर महर्जन, सचिव सुमित महर्जन, कोषाध्यक्ष साजन श्रेष्ठ लगायतका युवाहरु रहेका थिए । कार्यक्रममा पार्टीका सहमहामन्त्री हरि न्यौपाने, केन्द्रिय सदस्य कौशलेन्द्र शर्मा, कमलेश्वर यादव र सार्कीमान लामा लगायतका नेताको उपस्थिति थियो ।