काठमाडौं । मङ्गलवार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा वार्ता भएपछि उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौवटा सहमतिपत्रमा हस्ताक्षर गरे। त्यसपछि ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग शिष्टाचार भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको सूचीका अनुसार प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणका बेला हस्ताक्षर गरिएका ती सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका अधिकारीहरूले यी दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।
-आर्थिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता
-टोखा-छहरे सुरुङका लागि लेटर अफ एक्सेन्ज
-व्यापार प्रवर्धन सहकार्यसम्बन्धी समझदारीपत्र
-नेपालबाट चीन निर्यातका लागि भैँसीको मासुको ‘थर्मल’ प्रशोधनका लागि आवश्यक तत्त्वसम्बन्धी प्रोटोकल सम्झौता
-विकास योजना (सन् २०२४-२०२९) बारे समझदारीपत्र
-रकम सहयोगसम्बन्धी लेटर अफ एक्सेन्ज
-वसन्तपुरस्थति नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण
-स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
-सार्वजनिक प्रसारक नेपाल टेलिभिजन र चाइनिज मिडिया ग्रूपबीच समझदारीपत्र