काठमाडौं । चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको छ ।