Sunday, September 27, 2026
Home समाचार सूर्यबिनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

सूर्यबिनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

62

भक्तपुर । सूर्यबिनायक नगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

सोमबार १६ औ नगरसभाको अधिबेशनबाट आर्थिक वर्ष १०८१/०८२को लागि नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले उल्लेखित २ अर्ब २४ करोड बजेट बिनियोजन गर्नु भएको छ ।

जस मध्ये चालु तर्फ रु १ अर्ब १ करोड ५६ लाख ५३ हजार ५ सय (४५ दशमलव ३४ प्रतिशत) र पूँजीगत तर्फ रु १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय (५४ दशमलव ६६ प्रतिशत) रहने अनुमान रहेको छ ।

उप प्रमुखको बजेट वक्तव्य

सशर्त अनुदान गरी जम्मा रु ७२ करोड ३१ लाख ९९ हजार ५ सय, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक, सशर्त, विशेष अनुदान गरी जम्मा रु ४८ करोड ७ लाख ३९ हजार प्राप्त हुने अनुमान सहित रु १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय आन्तरिक आम्दानीबाट प्राप्त हुने अनुमान गरी कुल आय तर्फ रु २ अर्ब २४ करोड अनुमान गरेको छु ।

त्यसै गरी आर्थिक बिकास तर्फ रु ११ करोड ८९ लाख ४३ हजार, सामाजिक विकास तर्फ रु ८३ करोड ८४ लाख ४६ हजार, पूर्वाधार विकास तर्फ रु ८७ करोड १६ लाख २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ रु ११ करोड ५ लाख २४ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ रु ३० करोड ४ लाख चौसठ्ठी हजार रकम विनियोजन गरी कुल व्यय २ अर्ब २४ करोड अनुमान गरेको छु । राजश्वको आय र व्ययको विस्तृत विवरण विनियोजन विधेयकमा समावेश गरेको छु ।

सभाध्यक्ष महोदय,

अब म नगरपालिकाको “दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर” नगरको दीर्घकालीन सोच हासिल गर्न टेवा पुग्ने गरी निर्धारण गरिएको आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्ने अनुमती चाहान्छु। कृषि तथा पशु विकासः

१७. किसानहरुको व्यवसायिक हित तथा समस्या समाधानार्थ मागमा आधारित कृषक सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। “किसान को समस्या नगरको सम्बोधन “कार्यक्रमको लागि उपयुक्त कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

१८. माटोको गुणस्तर परीक्षणको लागि प्रयोगशाला स्थापना, नियमित परीक्षण गरी प्राप्त नतिजाको आधारमा गुणस्तर सुधारका लागि कृषि चून लगायका अन्य सामाग्रीहरु बितरण गर्न प्रयाप्त बजेट विनियोज गरेको छु।